प्रचण्ड पुत्र प्रकाश दाहालको निधन

३ मंसिर, काठमाडौं — नेकपा माओवादी केन्दका अध्यक्ष पुष्पकमल दाहाल ( प्रचण्ड)का छोरा प्रकाश दाहालको निधन भएको छ । गम्भीर बिरामी भएर अचेत अवस्थामा काठमाडौ नर्भीक अस्पतालमा पुर्‍याइएका उनको आइतबार बिहान निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
काठमाडौ बाहिर रहेका उनका परिवारका सदस्यहरु काठमाडौ आएपछि पत्रकार सम्मेलन गरी मुत्यु घोषणा गर्ने अस्पतालको तयारी रहेको बिभिन्न समाचार संस्थाहरुले जनाएका छन ।