द न्युर्योक टाइम्सको रिपोर्टः चिम्पान्जी ओसार्ने मार्ग नेपाल हुदै

 

तस्वीर : द न्युर्योक टायइम्स बाट

एजेन्सी—अफ्रिकाको चिम्पान्जी, बांदर र वन्यजन्तु नेपालको बाटो हुदै अन्इ मुलुकमा तस्करी भइरहेको खुलासा भएकोछ । द न्युर्योक टाईम्सले गरेको अनुसन्धानात्मक समाचारमा चिम्पान्जी तस्करी गर्नेहरुमा दुई नेपाली, तीन भारती र एक पाकिस्तानी नागरिक रहेको बताईएकोछ । र यिनलाई राजधानीमा प्रहरीले पक्राउ समेत गरिएकोछ ।
साथै दुई चिम्पान्जी, आठ बादर देखि अन्य जनावर समेत बरामद भएका छन् । अफ्रिकाको नाइजेरियाबाट ल्याएको चिम्पान्जीलाई नेपाल हुदै भारत, चीन र अन्य देशमा ओसारपसार गरिएको अनुसन्धानले खुलाएको छ । प्रहरीका अनुसार चिम्पान्जी लिन नेपाल आएका नागरिक मध्ये भारतीय रहेको बताए । शनिबार द न्युर्योक टाइम्स मा चिम्पान्जी तस्करीबारे रिपोर्ट जेफरी गेटलम्यानले लेखेका हुन् । जसमा अफ्रिकी मुलुकबा नेपालको बाटो हुदै दक्षिण पुर्वी एसियामा चिम्पान्जी तस्करी हुने गरेको लेखेका छन् ।