स्वेता र दयाहाङको लोभ लाग्दो जोडी

काठमाडौं(इमेलखबर)—

समय अनुकुल चल्न सक्ने क्षमता भएकी अभिनेत्री हुन् स्वेता खड्का । उनको जीवनमा पति एवं वरिष्ठ कलाकार श्रीकृष्ण श्रेष्ठको आए र गए पनि । तर, स्वेता भने शोकमा विलीन भइनन् । बरु श्रीकृष्णका सपना बोकेर यतिबेला साकार पार्न लागि परेकी छन् । भुकम्प जस्तो विपतमा परेका सिन्धुपाल्चोक बासीलाई सघाउन उनी कहिले समाजसेवी बनेर देखा पर्छिन त कहिले दर्शकको मनमा कलाकारीताको छाप भुल्न नदिन फिल्म खेल्न थाल्छीन् ।

यतिबेला भने स्वेताले ‘कान्छिी’ फिल्म ल्याउने तयारी गर्दै छिन् । लामो समयको प्रतिक्षा पछि दर्शकले उनलाई अहिलेका चर्चित नायक दयाहाङ राई संग देख्न पाउने छन् । माघ २६ मा रिजिल हुने भनिएको फिल्मको मन छुने गीत ‘चरि चट्ट परि’ सार्वजनिक भएको छ । जसमा स्वेता र दयाको सुन्दर नृत्य भाव देख्न सकिन्छ ।