दुईवटा पार्टीको समानुपातिक सूचिमा परिन गंगा चौधरी भन्छिन— निर्वाचन आयोगको गल्ती

काठमाडौं– नेकपा एमाले र नयाँ शक्ति पार्टी नेपाल दुबै दलको दाङ क्षेत्र नं. १ बाट प्रतिनिधिसभा समानुपातिकतर्फ गंगा चौधरी समानुपातिक उम्मेदवारको सूचिमा परेकी छिन । उनले यस्तो हुनुमा निर्वाचन आयोगले गल्ति गरेको बताएकी छिन् ।
कार्तिक १२ गतेसम्म बन्द सुचिमा रहेका उम्मेदवार संसोधनका लागि आयोगले समय दिएको थियो तर चौधरीले १ दिन ढिला गरी १३ गते गएर संसोधनका लागि निवेदन दिएकी थिइन् ।
चौधरीले कार्तिक १३ गते नै नयाँ शक्तिबाट आफ्नो नाम झिक्न आयोगमा निवेदन दिएको बताएकी छिन् । उनले आयोगमा दर्ता गराएको आफ्नो पत्रको दर्ता नं. ५ रहेको बताईन् ।
कार्तिक १७ गते आयोगले समानुपातिक तर्फका उम्मेदवारहरुको बन्द सूचि सार्वजनिक गरेको थियो ।