जानी राखौ जाडोका पांच अनौठा सौन्र्दय टिप्स 

१.जाडोमा हाम्रो छाला सुख्खा हुन्छ । दुध नियमीत अनुहारमा लगाउदा सुख्खापन हटाउन सकिन्छ । दुधमा हामीलाई अवाश्यक पर्ने प्रशस्त चिल्लो पर्दाथ पाइन्छ । जुन प्राकृतिक हुन्छ ।
२. मह र गुलाब जलको फेश प्याक लगाउदा पनि जाडोमा अनुहारको सुन्दरता सुरक्षित गर्न सकिन्छ । यसको लागि दुई चम्चा मह र दुई चम्चा गुलाब जलको पेस्ट पार्ने । अनि अनुहारमा १५ देखि ३० मिने सम्म राखेर पखाल्ने ।
३.अनुहारको साथै ओठको सुन्दरतामा पनि ध्यान दिनु पर्छ । जाडोमा ओठ फुट्ने समस्या धेरैको हुन्छ । यसको लागि बदामको तेल ओठमा लगाउदा लाभदायिक हुन्छ ।
४.जाडोमा मेकअप गर्दा फाट्ने सम्भावना हुन्छ । यसको लागि मेकअप गर्नु भन्दा अघि राम्रो ब्रान्डको मोस्चराईजर प्रयोग गरेर मेकअप गर्नु पर्छ ।
५. जाडोमा कपालको रुखो पनि बढ्छ । यसका लागि नरिवल वा बदामको तेल हप्तामा दुई तिन पटक मसाज गर्नु राम्रो हुन्छ ।