थिएटरमा लाइन

 

प्रकृती दाहाल (इमेलखबर)

काठमाडौ  — मानिस आज प्रतिस्पर्धाको युगमा बाचिरहेको छ । हरेक क्षेत्रमा आफना फाइदाका लागि आफना खुबिहरु परिचालन गर्न खोज्दछ यस्तै बिषयबस्तुलाइ समेटेर यतिबेला आकाक्षा कार्कीको अनुवाद तथा निर्देशन रहेको नाटर्क लाइन’ बिहिबार देखि बतीसपुतली स्थित शिल्पी नाटकघरमा मञ्चन भइरहेको छ । यस नाटकमा ५ जनाको अभिनयलाइ देख्न सकिन्छ ।
नाटक विषय उठान सामान्य छ । ५ जना पात्र कुनै शक्ति प्राप्तीका लागि लाइमानमा बसेका छन् । अनौठो के छ भने सबै पात्रलाई फस्ट हुनुछ । जुन असम्भव छ । तर, नाटकमा चाहि अन्तिममा सबै जना फस्ट हुन सक्छन् भन्ने सम्भावना देखाएको छ । यहि नै नाटकको सार्थकता हो ।


लाइनमा बसेका जो कोहीले पनि आफु अगााडी हुुनका लागी हरेक उपाय अपनाइ रहेको हुन्छ । कोही इमान्दार कोही चतुुर त कोही छलकपट गरेर अगाडि बढ्न खोज्छ । नाटकको अर्को पक्षमा महिलाको चरित्रलाई पनि जोडिएको छ । महिलाहरु सक्षम हुुन्छन आफना निर्णयहरु आफै लिन सक्छन भन्ने कुरा नाटकमा संवाद मार्फत सुन्न सकिन्छ । महिला पात्र नाटकमा प्रयोग भइरहेको देखिएपनि महिला उल्टैले पुरुष प्रयोग गरेको प्रस्ट हुन्छ । कता कति नाटकले नारी प्रधान विचार धारालाई पनि प्रोत्साहन दिएको पाइन्छ ।
नाटकमा राजकुमार पुडासैनी ,सुदाम सिके, लुु  निभा तुलाधार, सरोज अर्याल, सन्देश शाक्यको मन छुने अभिनय देख्न सकिन्छ ।