निर्वाचन आयोग : ‘६ हजार ९४ जनाको उम्मेदवारी दर्ता, अन्तिम नामावली मंसिर ३ गते प्रकाशीत हुने’

 

काठमाडौं(इमेलखबर)—प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा प्रारम्भिक चरणको बन्दसुचि तयार भएकोछ । मंसिर १० र २१ गते निर्वाचन हुदैछ । बन्द सुचिमा ६ हजार ९४ जनाले उम्मेदवारी दिएका छन् । जसमा पुरुषको संख्या २ हजार ८६ र महिलाको ३ हजार ४ सय ७ रहेको छ । १ जना चाहि अन्य अन्र्तगत उम्मेदवारी रहेको निर्वाचन आयोगका सचिव बेगेन्द्रराज शर्मा पौड्यालले बताएका छन् । समावेशी तर्फको बन्दसुची सार्वजनिक गरिएको हो ।

प्रारम्भीक चरणको उम्मेदवारी दर्ता भएको र शनिबारदेखि अर्को हप्ता शुक्रबार सम्म दावी उम्मेदवारको योग्यतामा दावी विरोधी गर्न सकिने आयोगले जनाएकोछ । २५ गतेदेखि मंसिर १ गते सम्म छानविन भई कार्यसुची तयार पारी मंसिर ३ गते समानुपातिकको अन्तिम नामावली प्रकाशन गरिने छ ।