दाहाल भन्छन्, ‘गृह जिल्ला आउन ११ वर्ष लाग्यो’

 

कार्तिक १७, (इमेलखबर)—बिहिबार माओवादी केनिद्रका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाललाई फुलमालाले स्वागत गरे । यसो गर्दै उनलाई उत्साहका साथ मनोनयन दर्ता गराएका थिए । झन्डै ११ वर्षपछि आफ्नो गृह जिल्लामा दाहाल चुनावी मैदानमा उत्रिएका हुन् ।

जिल्लाका ३ वटा निर्वाचन क्षेत्रको प्रतिनिधि र प्रदेशसभामा समेत उम्मेदवारी दर्ता भएकोछ । बाजा र नाचगान सहित स्थानीय बासीले उम्मेदवारीहरुलाई स्वागत समेत गरेका छन् । पुष्पकमल दाहालले गृह जिल्ला आउन ११ वर्ष लागेको बताए । उनले यो भन्दा पहिला रोल्पा, काठमाडौं र सिरहाबाट चुनाव लडेको सुनाए ।
अहिले आफ्नै गृह जिल्ला आएर चुनाव लड्न पाउदा आफु उत्साहित भएको बताएका छन् । उनले अहिलेको चुनावले देशको मुहार फेर्ने धारणा राखे । बामपन्थी एकता कायम गरेर कम्युनिष्ट शक्ति एक ठाउमा राखेर तालमेल मिलाई चितवन आउने अवसर जुराएको बताए । देशमा छ्टिै राजनीतिक स्थिरता आउने र ७० वर्ष सम्म हुन नसकेको काम अब हुने उनको विश्वासछ ।