मुख्यमन्त्रीको चर्चामा आर्चाय र राई

 

कार्तिक १७, (इमेलखबर)—प्रदेश र प्रतिनिधि सभाको चुनावी माहोलमा उम्मेवदारी चयन चलिहरेका बेला एमालेमा मुख्यमन्त्री को हुने बारे चर्चा चल्न थालेकोछ । खाग गरि प्रदेश नम्बर १ को मुख्यमन्त्री कसलाई बनाउने विषयमा कुरा उठेको हो ।

एमाले केन्द्रिय सचिव भीम प्रसाद आचार्य र पोलिटब्युरो सदस्य शेरधन राई यतिबेला मुख्यमन्त्रीको चर्चामा भएका हुन् । सुनसरी क्षेत्र १ को ख को प्रदेशसभाका उम्मेदवार आचार्य हुन् । त्यस्तै राई चाहि प्रदेशसभा उम्मेदवारी दिएका बताएका छन् । आचार्य र राई १ नम्बर प्रदेशका संयोजक र सह संयोजक पनि हुन । यतिबेला दुवै जनाले आ—आफ्नो अनुभव र योग्यताको र्चचा गर्दै मुख्यमन्त्री हुनु पर्ने जिकिर गर्दै आएका छन् ।