कांग्रेस र एमालेमा बागी उम्मेदवार

कार्तिक १६ (इमेलखबर)—प्रतिनिधिसभा र प्रदेशसभाको उम्मेदवारी हरेक पार्टीको लगभग टुंगो लागि सकेको छ । केहि पार्टीमा चाहि बागी उम्मेदवारी समेत उठेका छन् । जस्तै कञ्चनपुरको प्रतिनिधिसभा र प्रदेशसभामा कांग्रेस र एमाले दलमा बागी उम्मेदवार परेकाछन् ।
प्रतिनिधि सभा क्षेत्र नं. ३ मा एमालेका हिरासिंह बिष्ट र प्रदेशसभामा ३ क मा एमालेका कर्ण बहादुर चन्द बागी उम्मेदवारमा परेका हुन् । त्यस्तै, प्रदेशन क्षेत्र नं १ ख मा एमालेका राजेन्द्र जोशीले पनि बागी दिएका छन् । कांग्रेसबाट कांग्रेसका सिद्धराज भट्टले प्रतिनिधिसभा क्षेत्र नं. २ मा कांग्रेसबाट र ३ मा प्रेम विष्टले बागी उठेका हुन् । त्यस्तै, प्रदेशतर्फ क्षेत्र नं. १ को ख मा नर सिंह विष्ट समेत बागी उम्मेदवारी दिएका छन् ।