रंगमञ्चमा भविष्य खोज्दै युवाहरु

अज्नना सिवा
काठमाडौं— हरेक व्याक्तिले फरक फरक क्षेत्रमा आफनो करियरको बाटो रोजेका हुन्छन । यस्तै पछिलो समय युवाहरु रंगकर्ममा करिअर खोज्दै छन् । यिनै भिडमा भेटिएकी एउटी युवा रंगकर्मी हुन् इष्टु कार्की ।

सर्लाही  घर भएकी इष्टु थिएटर भिलेजबाट प्रशिक्षण लिएर अहिले नाटकमा नै रमाइरहेकी छन । सानै देखि अभिनयमा रुचि राख्ने उनी आफनो अभिनय निर्खानका लागी नाटक क्षेत्रमा लागेको बताउछिन । फिल्म खेल्नका लागी धेरै अफर आए पनि थिएटरबाटै आफनो अभिनयलाइ बढाउन उनी नाटकलाइ नै निरन्तरता दिइराखेकी छन । घर परिवारलाइ उनी नाटक खेल्न थालेको खासै मन परेको थिएन तर उनको रुचि भएको कारणले उनी यस क्षेत्रमा नै लागीन । नाट्यकर्मीहरुको खासै आम्दानी नहुने कुरा उनले खुलाइन । इष्टुले आधा दर्जन भन्दा बढी म्युजिक भिडियोमा समेत काम गरिसकेकी छन । स्नातोकतर पढ्दै गरेकी उनी पढाइमा समेत निरन्तरता दिइरहेकी छन ।


त्यस्तै लेखन कार्यमा संलग्न आवा नेपाल  बिस्तारै   नाटक क्षेत्रमा लागेको बताउछिन ।  सर्वनाम थिएटर बाटै प्रशिक्षण लिएकी उनी करिब ६ बर्ष देखि नाटकमा फरकफरक भूमिकामा खेलिरहेकी छिन । घरपरिवारवाट नाटक खेल्ने अनुमति नहुदानहुदै पनि मनको तिर्खा मेटाउन आफु नाटकमा खेलेको उनि वताउछिन । नाटक खेल्दै गर्दा नाटक वारे तपाइको वुझाई के हो भन्ने प्रश्नको जवाफमा आवा भन्छिन ‘नाटक एक समाजको ऐना हो त्यहि अनुशार फिलिङ सो गर्न निकै गाहोे हुन्छ नाटकमा धेरै चुनौतिहरु रहेको हुन्छ । ’  पढाइमा स्नातोकोतर सकेकी उनी पछिल्लो समय फिल्म पनि खेल्ने गरेकी छन ।

इष्टु र आवा जस्तै अभिनय गर्ने वच्चा देखिको रुचीले नाट्य क्षेत्रमा लागेको वताउछन चन्द्र प्रसाद पाण्डे  । गाउमा फिल्म हेर्ने, रेडियोमा नाटक सुनेर अभिनय गर्ने उनी काठमाडौ आएर २०५८ सालमा नाचघरमा ६ महिना तालिम लिएर नाटक खेल्न सुरु गरे । घर परिवारको साथ सहयोग मिलेकोले नाटक खेल्न थप उत्साह मिलेको उनि वताउछन  ।  नाटकमा अभिनय गर्दा गर्दै उनलाइ नाटक लेख्न प्रति रुचि बढ्यो । उनले आफुले लेखेको ‘ जीउदो आकाश’  र ‘टुटेको सपना’ मञ्चन भइसकेको छ।   जब कुनै घटनाले उनलाइ छुन्छ त्यसले उनलाइ एकदमै मनमा भुटभुटी जाग्दछ त्यसलाइ उनले नाटकमा उतार्नै गर्दछन ।नाटकमा आम्दानी नहुने हुुनाले दैनिक जिविकोपार्जनको लागी कलेज पढाउने गरेको बताए । उनी भन्छन्  ‘आम्दानीको लागी पढाउने गर्छु भने नाटक आफनो सोखको रुपमा खेल्ने र लेख्ने गर्दर्छु ।’

 

त्यस्तै  जीवन बराल १२ बर्षको उमेर  देखि गाउमा बालकलाकारको रुपमा नाटक खेल्न थालेको वताउछन ।  नाटक खेल्न गाह«ो  हुने बताउछन ।  दाजुहरुको साथले गर्दा नाटकलाइ निरन्तरता दिएको बताउछन । उनले ‘ लाटो पहाड’ र ‘  माधवी ’ जस्ता नाटकहरुमा अभिनय गरीसकेका छन । यस क्षेत्रमा काम गर्दा आफु खुसी रहेको बताउने उनी अब आउने नयां पुस्ताहरुलाइ भने अध्ययन गरेर बुझेर मात्र यस क्षेत्रमा लाग्न सुझाव दिन्छन । उनी भन्छन  ‘ मेहनत गरे पक्कै पनि सफलता प्राप्त हुन्छ’ ।

 

 

Comments are closed.