कांग्रेस, फोरम र राजपाको तालमेल जारी

कार्तिक १४, काठमाडौं—दलहरुको चुनावी तालमेलमा निरन्तर संघर्ष जारीछ । कांग्रेस र मधेस केन्द्रित दलबीच चुनावी तलामेल लगभग अन्तिममा पुग्न लागेको स्रोतले जनाएको छ । प्रदेश २ को ३२ निर्वाचन क्षेत्र बाडफाडमा दुवै पक्षबीच समस्या देखिएको हो ।
संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी(राजपा) बिच प्रदेश २ मा सिट बाडफाडमा सहमति भएकोछ । तर, कांग्रेससंग भने मंगलबार सम्म पनि सहमति हुन गारो छ । कारण दुवै पक्ष प्रदेश २ का प्रतिनिधिसभामा ३२ सिट मध्ये २० सिट पाउनु पर्ने अडान राख्दै आएका छन् ।
यता प्रदेश २ मा सिट बाडफाड टुंगीएको छ । राष्ट्रिय जनता पार्टी(राजपा) र संघीय समाजवादी फोरमबीचको सिट टुंगीएको हो । प्रतिनिधिसभाको ३२ निर्वाचन क्षेत्रमा फोमरले १७ र राजपाले १५ सिट लिएका छन् । प्रदेश सभामा संघीय समाजवादी फोरमले ६४ निर्वाचन क्षेत्रको ३३ र राजपाले ३१ सिट प्राप्त गरेर बाडफाड टुंगाएका छन् ।