भारती सिंहले विहेको मिति खुलाईन

एजेन्सी(नई दिल्ली)— चर्चित कमेडियन भारती सिंहको विहेको खबर चलेकै थियो । उनका फ्यानको चासो उनी प्रति झनै बढ्दै छ । उनले कहिले लगन गाठो कस्छीन भनेर ।
भारतीले यो कौतुहलतालाई केहि सहज बनाउने प्रयास गरेकी छन् । आफ्नो इन्स्ट्राग्राममा फोटो अपलोड गर्दै उनले ३ डिसेम्बरमा आफ्नो प्रेमी हर्षसंग विहे गर्ने खुलाएकी छन् ।
यसै बेला उनले प्री—वेडिङ फोटो शुट समेत फोटो राखेकी छन् । भारती मोटी कमेडियन भएरपनि धेरै दर्शकको नजरमा परेकी छन् । उनको शारिरकी बनावटले पनि उनको विहे र अन्य सम्बन्धबारे कोतुहलता दर्शकमाझ बढेको पक्कै हो ।