न्यायधीश जनताको सेवक — प्रधानन्यायधीश पराजुली

कात्तिक ८, काठमाडौें –  प्रधानन्यायधीश गोपाल पराजुलीले न्यायालयमा बस्ने न्यायधीश जनताको सेवक भएकाले जनभावना अनुरुप न्याय सम्पादन गर्न निर्देशन दिएका छन । संविधानले दिएको अधिकारलाई मात्र नभइ समय, परिस्थिति अनुसार कार्यदक्षता देखाइ समाजको भावना अनुकुल कार्य सम्पादन गर्न जरुरी रहेको बताए । उनले न्यायलयमा बस्ने न्यायधीश जागिरे मात्रै नभइ जनताको सेवक भएकाले जनभावना अनुरुप न्याय सम्पादन गर्न निर्देशन दिए। सदरमुकाम फिदिमस्थित पाँचथर जिल्ला अदालतको भवन शिलन्यास गर्न पुगेका प्रधानन्यायधीस गोपाल पराजुलीले न्याय प्रणाली सबैका लागि समान हुनुपर्ने बताएका छन । सर्वसाधारणको भावना अनुकुल निष्पक्ष, स्वतन्त्र, प्रभावकारी न्याय सम्पादन गरेर न्यायालयको छवी उच्च राख्नुपर्ने भन्दै प्रधानन्यायधीश पराजुलीले न्यायलयको कार्यसम्पादन र व्यावस्थापनमा सुधारोन्मूख रहेको बताए । न्यायलयलाई सूचना प्रविधियुक्त बनाएर गतिविधिको जानकारी दिने, छिटो, छरितो न्याय सम्पादन गरेर सुधारोन्मूख भएपनि सर्बोच्च अदालतमा फाइलका चाङ लागेको उनले बताए । सर्वोच्च अदालत, उच्च अदालत र जिल्ला अदालतमा फैसला हुन बाँकी मुद्धाको किनारा लगाउन न्यायधीशले अतिरिक्त समय काम गर्नुपर्ने र त्यसवापत अतिरिक्त पारिश्रमिक पाउने गरी नियमावली संशोधन भएको उनले जानकारी दिए।