म्यादी प्रहरीममा अढाइ लाख पुुरुष र ५३ हजार महिलाको आवेदन

कात्तिक ७ काठमाडौं — प्रतिनिधिसभाका लागि पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लाका ३७ सिटमा ठूला दलबाट जम्मा तीनजना महिलाले मात्र उम्मेदवारी पाएका छन् । जब कि संविधानमा ३३५ महिला प्रतिनिधित्वको व्यवस्था छ । प्रदेश सभाको निर्वाचनका लागि पनि दलहरूले प्रत्यक्षतर्फ महिला उम्मेदवार अत्यन्त न्यून छानेका छन् ।

(उम्मेदवार बन्न दलका नेताहरूले छेके पनि सरकारले आह्वान गरेको म्यादी प्रहरीको खुला प्रतिस्पर्धामा भने महिलाको उत्साहजनक उपस्थिति छ । प्रहरी प्रधान कार्यालयका अनुसार म्यादी प्रहरीका लागि देशभर दुई लाख ९४ हजार ६९ आवेदन परेका छन् । तीमध्ये ५३ हजार पाँच सय ९४ आवेदन महिलाका छन् । ९८ हजार तीन सय ६८ म्यादी प्रहरी भर्ना गर्ने सरकारको तयारी छ । आजको नयाँ प्रत्रिकाबाट लिइएका हौ ।

(सबै जिल्लामा छनोट प्रक्रिया अघि बढिसकेको प्रहरीले जनाएको छ । सुरक्षा निकायलाई सहयोग गर्न सरकारले ५५ दिनका लागि म्यादी प्रहरी भर्ना गर्नेछ । उनीहरूले पोसाकका साथै प्रहरी जवानसरह तलब र रासनभत्ता पाउनेछन् । त्यसबाहेक चुनावको सात दिन खाजा खर्च पाउनेछन् । स्थानीय निर्वाचनमा ७५ हजार म्यादी भर्ना गरिएका थिए । पहिला भर्ना भएकालाई प्राथमिकतामा राखिएको छ ।