आजबाट छठपर्व सुरु

कार्तिक ७,काठमाडौ — चार दिनसम्म मनाइने सूर्य छठपर्व सुरु भएको छ । बिहान स्नानपछि लौका, दाल र भात खाइ तराई–मधेसलगायत मुलुकभरका ब्रतालुले यो पर्व सुरु गरेका छन् । उनीहरु अनुकुलता हेरी घरमै वा नजिकैको जलाशय किनारमा नुहाइ चोखिएका छन् । यो विधिलाई स्थानीय भाषामा ‘नहा खा वा नहाए खाए’ भनिन्छ । चार दिनसम्म मनाइने यस पूर्णतया शाकाहारी पर्वमा यतिबेला घरघाटदेखि बजारसम्म रमझम हुने गर्दछ ।
मधेसतिर यो पर्वकै प्रयोजनकोलागि निर्मित माटोको एक छुट्टै चुल्होमा मुख्य उपासक महिलाको नेतृत्वमा यी चढावा तयार पारिन्छ । यो पुजा सम्पन्न भएपछि ब्रतालुले आफू पनि प्रसाद खान्छन् । परिवारजन, छरछिमेक एवं पाहुनालाई समेत बाँडछन् ।