राजधानीमा दिनदहाडै गोली हानी ब्यबसायीको हत्या

 
असोज २३, काठमाडौं – गोली प्रहारबाट गम्भीर घाइते भएका निर्माण ब्यवसायी महासंघका अध्यक्ष शरद कुमार गौचनको मृत्यु भएको छ । काठमाडौंको शान्तिनगरमा सोमबार दिउँसो उनी माथि गोली प्रहार भएको थियो ।
देब्रे कोखा र मुटुको नजिक गोलि लागेका गौचनलाई उपचारको लागि बानेश्वरस्थित सिभिल अस्पतालमा लागिएकोमा अस्पतालले उनलाई मृत्यु घोषणा गरेको हो । उनलाई कसले किन गोली प्रहार गर्यो भन्ने कुरा अज्ञात रहेको बताइएको छ।