देउवा सरकारलाई समर्थन गर्ने राप्रपाको निर्णय

 
असोज २३, काठमाडौं – राप्रपाले शेरबहादुर देउवा नेतृत्वको सरकारलाई समर्थन गर्ने निर्णय गरेको छ । साथै चुनावमा कांग्रेससहितका दलसँग तालमेल गर्ने भएको छ ।

विपक्षी दलसँग गरेको चुनावी सहकार्य र एकता गर्ने माओवादी केन्द्रको निर्णयले सरकार अल्पमतमा पर्ने र प्रतिनिधिसभा र प्रदेशसभा चुनाव नै धरापमा पर्न सक्ने राप्रपाको ठहर छ ।
राप्रपा कार्यसम्पादन समितिको बैठकले चुनाव सुनिश्चित गर्न सरकारलाई समर्थन गर्ने निर्णय गरेको छ ।