डा. केसीको स्वास्थ्य स्थिति कमजोर बन्दै, पाँचौं दिन अक्सिजन चलाइयो

असोज २३, काठमाडौं – चिकित्सा शिक्षा विधेयक यथास्थितिमा पारित गर्न नहुने लगायत मागसहित पाँच दिनदेखि अनसनमा रहेका डा गोविन्द केसीको स्वास्थ्य थप खस्किँदै गएको छ।

डा केसीको ब्लड प्रेसर न्यून देखिएको छ भने शरीरमा ग्लुकोज सकिएको छ । प्रा डा प्रदीपकृष्ण श्रेष्ठ द्वारा जारी हेल्थ बुलेटिनका अनुसार, पाँचौं दिनमा ग्लुकोज सकिएर बोसो पग्लिन थालेको छ । शरीरमा सञ्चित बोसो सकिएपछि मांसपेशीहरु टुक्रिने समस्या आउने जानकारी रिपोर्टमा दिइएको छ।

डा केसीलाई रिंगटा लाग्ने र मासंपेसी बाँउडिने समस्या यथावत् रहेको छ ।

केसीलाई सोमबार दिउँसोदेखि अक्सिजनको मात्रा घटेर सास फेर्न अप्ठ्यारो भएपछि ‘अक्सिजन’ दिन सुरु गरिएको छ।

डा केसी पाँचबुँदे मागसहित गत बिहीबारदेखि अनसनमा बसेका हुन्।