धनुषाको कमला नगरपालिकामा कांग्रेस विजयी

 

असोज ७, काठमाडौ—  काठमाडौ, धनुषाको कमला नगरपालिकामा मेयर र उपमेयर दुवैमा नेपाली कांग्रेस विजयी भएको छ ।    कमला नगरपालिकाको मेयरमा कांग्रेसका उम्मेदवार राम उदगार गोइत ४ हजार २० मत प्राप्त गरी विजयी भए । उनको निकटतम प्रतिद्वन्द्वी संघीय    समाजवादी फोरमका उम्मेदवारले २ हजार ६ सय ९७ मत प्राप्त गरे ।

यस्तै, उपमेयरमा नेपाली काङ्ग्रेसकै शिला देवी ४ हजार १ सय ६ मतले बिजय भएकी छिन् । उनको निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरमले २ हजार ६ सय ७ मत प्राप्त गरेकी छिन् ।