सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा राजपा विजयी

 

असोज ७, काठमाडौ— सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा राजपा विजयी भएको छ। राजपाका सतिश कुमार सिंह अध्यक्षमा निर्वा्चित भएका छन् । सिंहले २९८७ मत ल्याएका छन्। उनका निटकतम प्रतिद्धन्दी अरुणकुमार मण्डलले २८७२ मत ल्याएका छन् ।

उपाध्यक्षमा पनि राजपाले जितेको छ । राजपाकी सुचिताकुमारी यादव २९९६ मत ल्याएर विजयी भएकी छन् । उनका निकटतम प्रतिद्धन्दी अनुपम सिंहले १९७३ मत आएको छ।