तेस्रो चरणको निर्वाचन मुलुककै इतिहासमा शान्तिपूर्ण – गृहमन्त्री शर्मा

 

६ असोज, काठमाडौं  –   तेस्रो चरणको निर्वाचन मुलुककै इतिहासमा शान्तिपूर्ण रुपमा सम्पन्न भएको गृहमन्त्री जनार्दन शर्माले दावी गरेका छन । सुरक्षा निकाय संगसंगै जनताको साथमा रहेर काम गरेकाले निर्वाचन अत्याधिक शान्तिपूर्ण र निष्पक्ष ढंगले सम्पन्न गर्न सम्भव भएको पनि बताए ।
शुक्रबार काठमाडौंमा ‘प्रहरी हाम्रो टोलमा’ अभियान शुभारम्भ गर्दै उनले निर्वाचनमा हिंसा हुन्छ कि भनेर आशंका गर्नेहरुलाई पनि निर्वाचनमा कायम गरिएको सुरक्षा व्यवस्थाले बलियो जवाफ दिएको स्पष्ट पारे ।
गृहमन्त्री शर्माले सरकार जनतासँगै रहेर सुरक्षा व्यवस्थालाई सुदृढ बनाउन प्रतिवद्ध रहेको पनि बताए ।