६० जना सम्म मन्त्री बनाउन मिल्ने – प्रधानमन्त्री

६ असोज, काठमाडौ,  –   प्रधानमन्त्री शेरबहादुर देउवाले संसदको कुल संख्याको १० प्रतिशत सदस्यलाई मन्त्री बनाउन मिल्ने भन्दै उनले ६० जनालाई मन्त्री बनाउन मिल्ने बताएका छन । उनले जम्बो मन्त्रीमण्डल संविधानसम्मत भएको भन्दै आफ्नो बचाउ गरेका छन् ।
न्यूयोर्कको कोलम्बिया विश्वविद्यालयका विद्यार्थीहरुसँग कुुरा गर्दै उनले संख्या होइन काम अनुुहार बनाउने हो भनेका छन ।
देउवा सरकार ५६ सदस्यीय छ । जम्मा मन्त्रीमण्डल भएको भन्दै आलोचना भइरहेका बेला उनले न्यूयोर्क जानु अघि दुई राज्यमन्त्री थपेका थिए ।