प्रियंका चोपराले मलालाबारे उपन्यास लेख्न सक्ने

इमेलखबर—बलिउड अभिनेत्री प्रियंका चोपराले नोवेल पुरस्कार विजेता मलाला युसुफजईको बारेमा भविष्यमा नोबेल लेख्ने सोच बनाएकी छन् । युनिसेफको गुडवील एम्बेसडर रहेकी चोपडा संयुक्त राष्ट्रिसंघको महासभामा ग्लोबल गोल्स अवाईमा कार्यक्रममा मलालालाई भेटेको जानकारी आफ्नो इन्सटाग्राममा खुलाएकी छन् ।
त्यस्तै, मलालाले पनि ट्वीटरमा प्रियंकासंगको तस्वीर अपलोड गरेर लेखेकी छन्, ‘प्रियंकालाई भेटेकी छु भन्ने विश्वास मलाई लागेकै छैन ।’ यता प्रियंकाले पनि मलालाले कम उमेरमै गरेको संघर्ष र सफलताको प्रशंसा गरेकी छन् । मलाला जति खुसि देखिन्छिन् प्रियंका पनि उनलाई भेटेर उत्ति नै खुसि भएको बताएकी छन् । उनले सामाजीक सञ्जालबाटै मलालाबारे उपन्यास लेख्न मन लगोको भावना व्यक्ति गरेकी हुन् ।

Comments are closed.