एसिसी यु १९ एसिया कप छनोट खेलमा थाइल्याड १० ओभरमा अलआउट, नेपाल २ सय ५५ रनले विजयी

 
भदौ २६, काठमाडौं – मलेसियामा भइरहेको एसिसी यु १९ एसिया कप छनोट प्रतियोगितामा नेपालले थाइल्याडलाई १० ओभरमा अलआउट गरेको छ ।
नेपालले थाइल्याडलाई २ सय ५५ रनले हराएको छ । नेपालका लागि सन्दिप लामिछानेले सात विकेट लिए । त्यस्तै किशोर महतो, नन्दन यादव र शहबाब अालमले एक-एक विकेट लिएका थिए ।
२८२ रनको लक्ष्यसहित मैदानमा आएको थाइल्याडले १० ओभरमा २६ रन बनाएर आफ्नो सबै विकेट गुमाएको छ ।
थाइल्याण्डका लागि कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।