लोकसेवाले रिक्त दरबन्दीमा कर्मचारी माग गर्दै,सामान्य प्रशासनसँग माग्यो रिक्त दरबन्दीको विवरण

भदौ २६,काठमाडौं – लोकसेवा आयोगले कर्मचारीहरुको रिक्त दरबन्दीको विवरण उपलब्ध गराउन सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गरेको छ।

आयोगले विज्ञापन खोल्ने तयारीसहित पहिलो चरणमा उपसचिव र सहसचिव पदको रिक्त दरबन्दीको विवरण मागेको छ।

वार्षिक कार्यतालिका अनुसार उपसचिव र सहसचिव पदका लागि असोज अन्तिम साता विज्ञापन प्रकाशन गर्नुपर्ने भएकाले आयोगले सोमबार विवरण उपलब्ध गराउन मन्त्रालयलाई पत्राचार गरेको प्रवक्ता लक्ष्मीविलास कोइरालाले जानकारी दिए।

‘आयोगको वार्षिक क्यालेन्डरलाई पालना गर्दै हामीले सूचना निकाल्ने तयारी गरेका हौं’, प्रवक्ता कोइरालाले नेपाल लाइभसँगभने, ‘आयोगले उपसचिव र सहसचिवको रिक्त दरबन्दी उपलब्ध गराउन मन्त्रालयलाई पत्राचार गरेको हो।’

लोकसेवा आयोगले मंसिर अन्तिम साता अधिकृत र पुस अन्तिम साता नायव सुब्बाको विज्ञापन गर्ने बताएको छ।