नवनियुक्त मन्त्रीद्वारा सपथ ग्रहण

भाद्र २६,काठमाडौ, राष्ट्रपति कार्यालयमा आयोजित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार नवनियुक्त मन्त्रीहरुलाई सपथ ग्रहण गराएका छन् ।
प्रधानमन्त्री देउवालले पाँचौपटक मन्त्रिपरिषद् विस्तार गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) बाट ३ जना मन्त्री थपेका हुन् । नवगठित मन्त्रिमण्डलमा राप्रपाबाट संसदीय दलका नेता दीपक बोहरा, सांसद् सुनिलबहादुर थापा र उपनेता विक्रम पाण्डे मन्त्री भएका छन् ।

नवनियुक्त मन्त्री दीपक बोहोराले विज्ञान तथा प्रविधि, मन्त्री विक्रम पाण्डेले वन तथा भू संरक्षण र मन्त्री सुनिल थापाले उद्योग मन्त्रालयको जिम्मेवारी पाएका छन् ।