मोबाइल चलाउदा यी कुराहरुमा ख्याल गर्नुुहोस

मोबाइल चलाउनेहरूले मोबाइको सही सदुुपयोग गरेको पाइदैन। यसलाइ सही तरिकाले चलाउदा नसक्दा बिभिन्न प्रकारका गम्भीर समस्या उत्पन्न हुन सक्छ । त्यस कारण मोबाइल प्रयोगकर्ताले जान्नैपर्ने केही महत्वपूर्ण टिप्स यस्ता छन्

मोबाइल स्लो चलेको खण्डमा अफ गरेर खोल्नुपर्छ ।

मोबाइलमा पानी पसेमा सबैभन्दा पहिले ब्याट्री निकाल्नुपर्छ । त्यसपछि उक्त सेटलाई घाममा सुकाउनुपर्छ । त्यति गरेर पनि नभए राम्रो टेक्निसियनसँग सर्भि्सिङ गराउनुपर्छ ।
मोबाइल नेटवर्कको समस्या बढी मात्रामा पुरानो सिमलाई काटेर प्रयोग गर्दा हुने भएकाले सकेसम्म नयाँ सिम प्रयोग गर्नुपर्छ ।

मोबाइल सेट बढी मात्रामा तातिरहेमा ब्याट्री निकालेर चेक गर्नुपर्छ ।
मोबाइललाई कहिल्यै पनि सिरानीमुनि राखेर सुत्नु हुँदैन । यसले आगलागी हुने वा मोबाइल बढी तात्ने गर्छ ।
मोबाइलमा ब्याट्रीको चार्ज चेक गर्दा कहिल्यै पनि जिब्रो लगाएर चेक गर्नु हुँदैन । यसरी चेक गर्दा ब्याट्रीको पातामा कार्बन जम्ने वा पातामा खिया लाग्ने गर्छ । जसको कारण मोबाइल चार्ज नहुने वा मोबाइल बन्द भइरहन सक्छ ।

मोबाइलमा जहिल्यै पनि १५ प्रतिशतभन्दा तल चार्ज देखाएमा पुनः चार्ज गर्नुपर्छ ।
सोत्र ः एजेन्सी