४४ सिडिओको सरुवा

भदौ ९, काठमाडौं –गृह मन्त्रालयलद्धारा ४४ प्रमुख जिल्ला अधिकारीको सरुवा गरीएको छ।
मन्त्रालयले १३ राजपत्राङ्कित प्रथम तह र ३१ द्वितीय तहका कर्मचारीको सरुवा गरेको छ। सहसचिव चक्रबहादुर बुढा मकवानपुर,आशमान तामाङ सिन्धुपाल्चोक, सीताराम कार्की सुर्खेत विष्णु पोखरेल इलाम महादेव पन्थ ललितपुर,विष्णुबहादुर थापा बागलुङ र नारायणप्रसाद भट्टराई बर्दियामा सरुवा भएका छन्।

यस्तै चन्द्रमान श्रेष्ठलाई उदयपुर, मदन भुजेललाई कपिलवस्तु, हरिशरण पुडासैनीलाई गृहमन्त्रालयअन्तर्गत व्यवस्थापन महाशाखा विष्णुप्रसाद ढकाललाई प्रहरी किताबखाना र नारायणप्रसाद दुवाडीलाई गृह मन्त्रालयमा सरुवा गरिएको छ। भएका छन्।