बाडी प्रकोप समस्या न्युनिकरणमा कलाकारको सल्लाह

 

देश डुुबानमा परेको छ । तराई बासी र पहाडका केहि भेगमा तीन दिन देखि निरन्तर वर्षाका कारण पहिरो र बाडिले जनजीवन प्रभावीत भएका छन् । यस्तो अवस्थामा सरकार, कलाकार र जनताले आ—आफ्नो स्तरमा सहयोगका हातहरु लम्काईरहेका छन् । तर, पनि प्रयाप्त हुन सकेको छ्रैन । विपतका बेला कसरी समस्या समाधान गर्न सकिन्छ ? कलाकारहरु भन्छन् ः—

दिपकराज गिरी ः कलाकार

अहिले देश जलमग्न अबस्थामा छ । तराईमा बाढी र पहाडमा पहिरोले नेपाली जनतालाई पिरोलिरहेको छ । नेपालमा दैवीक प्रकोप तथा आकस्मीक बिपत बारे कुुनै पनि ब्यबस्था रहेको छैन । अहिलेको यो अवस्थामा सरकारले आफ्नो ठाउमा सहयोग गरेको भएपनि हामी सबै नेपाली जनताले घर, टोल बाट सहयोग गर्नुु पर्दछ ।
हामीले राहत कोष खडा गरेर सहयोग गर्न सकिन्छ । हामी कलाकारले पनि आफुुले सकेको सहयोग गर्नु पर्छ र गरिरहेका छौं पनि ।

मन्जुु पौडेल ः गायिका
नेपाल सरकारले खासै महत्व दिएको छैन। हामीले ‘पिपुुल्स टुु पिपुुल्स’ सहयोग गर्नुु पर्दछ । हामी कलाकार भएको हिसाबले सके जति आर्थिक, भौतिक, नैतिक सहयोग गरेका छौ । यसलाई रोक्न हामीले आफ्नै तरिकाले पहल पनि गरेका छौ ।
बाडि प्रभावीत अवस्था व्यवस्थापन गर्नका लागी हामी सबै मिलेर एक जुट भए सहजै काम गर्न सकिन्छ ।

 

बर्षा शिवाकोटीः नायिका


म देशको यस्तो विपत अवस्था प्रति अत्यन्त दुखि छु । तर, चाहेर पनि त्यहा सम्म पुुगेर सहयोग गर्न सकेकी छैन । शरिर नपुुग्दैमा असहयोग हुने त होइन् । म भावनात्मक रुपले चेतना फैल्याउने, सहयोगी हात बढाउन जमात सिर्जना गर्ने लगाय क्याम्पेन गर्न सकिन्छ । म पनि त्यसै गर्ने सोचमा छु । चाहे त्यो मेरो समाजीक संजाल नै प्रयोग गरेर किन नहोस् ।

रागीनी उपाध्ययः ललितकला प्रज्ञा प्रतिष्ठान कुुलपति (चित्रकार)


विपतको घडिमा सबै जनताले हातेमालो गर्न जरुरी छ । मेरो तर्फ बाट के सहयोग गर्न सकिन्छ ? बारे सबैले सोच्नै पर्छ । हामीले चाहि बाढी पिडितको सहयोगको लागी संस्था बार्पा पिस फाउन्डेसन द्धार आर्थिक सहयोग जुुटाई रहेका छौ । यस्तो बेला राज्य मुख्य जिम्मेवार हुनै पर्छ । र जनता पनि उत्तिकै दायित्व बोध गर्नु आवश्यक छ ।
प्रस्तुुती ः प्रकृृती दाहाल