थाइल्याण्डमा बसेर दुःख मान्दै पूर्वराजा ज्ञानेन्द्र शाह, राजाकै शैलीमा आयो विज्ञप्ति

 

साउन ३१, काठमाण्डौ – पूर्वराजा ज्ञानेन्द्र शाहले तराइमा आएको बाढीबाट धनजनको क्षति भएकोमा दुख व्यक्त गरेका छन् ।
थाइल्यान्डमा रहेका शाहले विज्ञप्ति जारी गर्दै विगत केही दिनदेखि परेको अबिरल बर्षाले देशको तराईलगायत विभिन्न भू भागमा आएको बाढी र पहिरोजस्ता प्राकृतिक प्रकोपले क्षति पुर्याएकोमा गम्भीर चिन्ता व्यक्त गर्दै विज्ञप्तिको यस घडीमा उक्त क्षेत्रका जनतालाई राहात एवं उपचार उपलब्ध गराउन सबैलाई आग्रह गरेका छन् ।
यस्तो छ प्रेस विज्ञप्ति
पूर्वराजाका तर्फबाट सोमबार जारी गरिएको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘पूर्व श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर बिक्रम शाहदेवबाट विगत केही दिनदेखि परेको अविरल वर्षाले देशको तराई लगायत विभिन्न भूभागमा आएको बाढी र पहिरोजस्ता प्राकृतिक प्रकोपले ठूलो धनजनको क्षति र्पुयाएकोमा गम्भीर चिन्ता एव दुःख व्यक्त गरिबक्सेको छ ।’
बाढीपीडित जनतालाई राहत एवं उद्धारमा सरकारले तदरुकता देखाउनुपर्ने उल्लेख गर्दै वक्तव्यमा भनिएको छ, ‘विपत्तिको यस घडीमा उक्त क्षेत्रका जनतालाई राहत एवं उद्धार उपलब्ध गराउँदै प्रकोप नियन्त्रणका लागि सम्वन्धित पक्षले तदारुकता देखाउने छ भन्ने विश्वास गरिबक्सेको छ ।’
पूर्वराजाका तर्फबाट जारी विज्ञप्तिमा अगाडि भनिएको छ( ‘यस दुःखद घडीमा धैर्य र साहसका साथ विपत्ति सामना गर्ने सफलताको लागि ईश्वरसँग मौसुफबाट प्रार्थना गरिबक्सेको छ ।’
ईश्वरसँग पार्थना गरेका पूर्वराजा आफैंले भने पीडितका लागि कुनै आर्थिक वा भौतिक सहायताको घोषणा गरेका छैनन् ।
पाठकले भने( ‘हिमानी ट्रष्टले राहत वितरणको तयारी गरिरहेको छ । उसले चाँडै घोषणा गर्छ ।’