मन रुवाउने तस्विर– बाढीले मृतक बालकलाई पुर्ने ठाउँ भएन

 

श्रावण ३०,काठमाण्डौ– सप्तरी जिल्लाको कोइलाडी– ६ का ८ वर्षीय कमल सदाको मृत्यु भयो । निरन्तरको वर्षाले बिरामी भएका सदाको आइतबार मृत्यु भएको हो ।
परिवारको परम्परा अनुसार बालकलाई पुरेर अन्तिम संस्कार गर्नुपर्ने थियो । तर, बाढीले पुर्ने ठाउँ नभएपछि बालकको शवलाई उनका काका देवकुमार सदाले कोशी नदिमा बगाइदिए ।
यूरोपियन फोटो एजेन्सी (ईपीए)का लागि फोटो पत्रकार नरेन्द्र श्रेष्ठले त्यतिवेला खिचेका चर्चित यि तस्विरहरु ।