विराटनगर महानगरमा भीमको अग्रता १ हजार १ सय १, फोरमका उमेश एमालेलाई पछ्याउँदै

 

असार १८ ,विराटनगर – विराटनगर महा–नगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसका भीम पराजुलीले नेकपा एमालेसँगको अग्रता १ हजार १ सय १ मा लम्ब्याएका छन्। आइतबार विहान ७ बजे अपडेट भएको नयाँ जानकारी अनुसार उनले ३८ सय ७३ मत प्राप्त गरेका छन्।

उनका प्रतिद्वन्दी एमालेका विनोद ढकालले २७ सय ७२ मत प्राप्त गरेका छन्। उनलाई समाजवादी फोरम र माओवादी केन्द्रको मेयर पदका संयुक्त उम्मेदवार उमेश यादवले २१ सय ३१ मत ल्याएर पछ्याइरहेका छन्।

उपमेयरमा कांग्रेस ३३ सय ५१ मतका साथ शीर्षस्थानमा छ। उनलाई संघीय समाजवादी फोरमसँगको सहकार्य गरेको माओवादीका उम्मेद्वार १६ सय १३ मत प्राप्त गर्दै पछ्याइरहेको छन्।

एमालेसँग तालमेल गरेको लोकतान्त्रिक फोरमकी उम्मेदवारले १५ सय ३६ मत प्राप्त गरेकी छिन्।