काठमाडौँ माहानगरपालिकाले १९ बृद्धा तथा अपाङ्गलाई भत्ता वितरण

असार १६, काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाले वडा नम्बर २ का १९ जनालाई भत्ता वितरण गरेको छ । महानगरपालिकाले वडाका जेष्ठ नागरिक र पुर्ण अपाङ्ग भएकाहरुलाई भत्ता वितरण गरको हो । चार ज्येष्ठ नागरिक गङ्गादेवी खरेल, हरिमाया महर्जन, हिमकुमारी भण्डारी र मोतीकृष्ण महर्जनलाई महानगरपालिकाले ज्येष्ठ नागरिक भत्ता वितरण गरेको वडा अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । त्यस्तै पूर्णरुपमा अपाङ्ग भएका पन्ध्र जनालाई पनि भत्ता वितरण गरिएको हो । जसमध्ये पाँच महिला र १० जना पुरुषलाई जनही तीन हजार रुपैयाँकोे दरले अपाङ्ग भत्तावितरण गरिएको श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार ज्येष्ठ नागरिक भत्ता वितरणका साथै उनीहरुको स्वास्थ्य अवस्था पनि जाँच गरिएको छ ।
३२ वडा रहेको कामनपाले यस अभियानको लागि आठ वटा क्षेत्र बनाएर काम गरिरहेको छ । ८८ वर्ष उमेर पूरा गरेका ज्येष्ठ नागरिलाईलाई अब नियमितरुपमा वार्षिक १२ हजार रुपैयाँ भत्ता र निःशुल्क स्वास्थ्य परीक्षणको काम गरिने कामनपाको लक्ष्य छ । महानगरपालिकामा ८८ वर्ष उमेर पुगेका ५९६ जना जेष्ठ नागरिक छन् ।