बैतडीका चारवटै नगरमा कांग्रेसको अग्रता, दुई गाउँपालिकामा एमाले अगाडि

 
असार १५, काठमाडौं –   बैतडी चार वटै नगरपालिका र दुई गाउँपालिकामा मतगणना जारी छ । मेलौली नगरपालिका र पुर्चौडी नगरपालिकामा गएरातिदेखि मतगणना जारी छ । दशरथचन्द नगरपालिका र पाटन नगरपालिकामा बिहीबार बिहान ९ बजेबाट मतगणना सुरु भएको हो ।

पुर्चौडीको मेयरमा कांग्रेसले २९६, माओवादी केन्द्रले २०१ र एमालेले ६८ मत प्राप्त गरेको छ ।

मेलौलीको मेयरमा कांग्रेसले ११५, एमालेले ८० र माओवादी केन्द्रले ४२ मत पाएको छ ।  दशरथचन्द र पाटनमा पनि  कांग्रेसको अग्रता छ ।

शिवनाथ र पञ्चेश्वर गाउँपालिकामा पनि मतगणना भइरहेको छ । शिवनाथको अध्यक्षमा एमालेले २३०, कांग्रेसले २०५, माओवादी केन्द्रको १९ र राप्रपाको २७ मत ल्याएको छ ।

पञ्चेश्वरको अध्यक्षमा एमालेले ५४२, माओवादीले ४९८, कांग्रेस ३१० र राप्रपाले १२ मत प्राप्त गरेको छ ।

साभार नयाँ प्रत्रिका