राजविराजमा दुई प्रतिशत मात्र धान रोपाई

असार १५ । राजविराज दुई प्रतिशत धान रोपाई सकिएको छ । यस वर्ष असारको शुरु मै पर्याप्त मानी नपर्दा असार १५ गतेसम्ममा दुई प्रतिशत मात्र धान रोपाई सुकिएको हो । अहिलेसम्म एक हजार चार सय जग्गामा धान रोपाई भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । मयमा वर्षा नभएपछि गत वर्षको तुलनामा यस वर्ष किसानलाई समस्या परेको छ ।

जेठ र असारको पहिलो सातामा अलिअलि वर्र्षा भए पनि त्यसपछि वर्षा नभएकाले केही किसानले सुख्खा खेतमा पम्पसेटमार्फत पानी हाली रोपाइँ गर्दै आएका छन् । कुल ७० हजार हेक्टर खेतीयोग्य जमिन भएको यस जिल्लामा वर्षा नहुँदा अहिलेसम्म दुई प्रतिशतमात्र धान रोपाइँ भएको कार्यालयले जनाएको छ ।