सत्तापक्ष–प्रत्तिपक्ष वीच सहमति, आजैबाट संसद् अवरोध खुल्ने

जेष्ठ १३, काठमाडौ– सत्ता पक्ष र प्रमुख प्रतिपक्षबीच सहमति भएपछि आजबाट संसदको अवरोध खुल्ने भएको छ ।
सरकारले प्रधानान्यायधीश सुशीला कार्कीविरुद्ध दर्ता गराएको महाअभियोग प्रस्ताव फिर्ता लिने र स्थानीय तहको निर्वाचनमा भएका अनियमितता छानबिन गरी सुझाव दिन संसदीय समिति गठन गर्न तयार भएपछि प्रमुख प्रतिपक्ष एमालेले संसद्को अवरोध खोल्न सहमति जनाएको हो ।
यसै गरि २२ स्थानीय तहको संख्या थप गर्ने सरकारको निर्णयमा शुक्रबार सर्वोच्च अदालतले गरेको आदेशलाई सम्मान गर्ने तीन दलले निष्कर्ष निकालेका छन ।
अदालतको आदेशअनुसार नै पुरानो ७ सय ४४ अन्तर्गतका स्थानीय तहको निर्वाचन जेठ ३१ गते नै गर्ने दलहरुबीच सहमति पनि भएको छ । पहिलो चरणमा प्रदेश नं ३,४ र ६ का २ सय ८३ स्थानीय तहमा निर्वाचन भइसकेको छ ।