संघीय गठबन्धनले मसाल जुलुस प्रदर्शन गर्दै

जेष्ठ १३, काठमाडौ– सरकारले आफ्ना माग सम्बोधन नगरेको भन्दै संघीय गठबन्धनले आजदेखि विरोधका कार्यक्रम शुरु गर्ने जनाएको छ ।
दोस्रो चरणको निर्वाचन बिथोल्न आन्दोलन घोषणा गरेको पहिलो दिन तराईका २२ र लिम्वुवान अन्तर्गतका ९ जिल्लाका जिल्ला सदरमुकामा मसाल जुलुस प्रर्दशन गर्ने भएको छ ।
स्थानीय तहको संख्या हेरफेर गर्ने सरकारको निर्णय कार्यन्वयन नगर्न सर्वोच्च अदालतको आदेश र संघीय गठबन्धनले आन्दोलनको तयारी गरेपछि दोस्रो चरणको निर्वाचन भने जटिल बन्दै गएको छ ।