भरतपुर महानगरपालिकामा रोकिएको मत गणना सुुचारु

जेष्ठ १३, भरतपुुर–भरतपुर महानगरपालिकामा पुुन मतगणना सुरु भएको छ । १७ वडामा खसेको ३ हजार ८७ मत मध्ये २४ सय मत गणना हुँदा अर्धकट्टी सहितको मतपत्र फेला परेपछि दलबीच विवाद भइ मत गणना स्थगित भएको थियो ।
अहिले वडा नं १७ को मतगणना भइरहेको छ । अर्धकट्टी सहितको १८ वटा मतपत्र भेटिएका थिए । जसले गर्दा विवाद उत्पन्न भएको थियो । जसमा एक(एक मत गाई र रुखलाई बाँकी सूर्यमा परेको भेटिएका थिए। जुन मतपत्रमा निर्वाचन अधिकृतले सहि गरेका थिए । विवाद मिलाउन सर्वदलीय बैठक बसेको थियो । दलबीचको बैठकले अर्धकट्टी सहित फेला परेका मतपत्रलाई सदर गर्ने निर्णय गरेपछि मतगणना सुरु भएको हो ।