भरतपुर महानगरपालिकामा मतगणना सुरु

जेठ १, चितवन– कस्तो कस्तो मत लाई सदर गर्ने ? भन्ने सवालमा देखिएको विवादका कारण मतगणना हुन नसकेको चितवनको भरतपुर महानगरपालिकामा मतगणना सुरु भएको छ ।
भरतपुरको कर्भड हलमा महानगरपालिकाको वडा नम्बर १ रामनगर क्षेत्रबाट मतगणना सुरु गरिएको हो ।
भरतपुर महानगरपालिकामा प्रधानमन्त्री प्रचण्डपुत्री रेणु दाहाल र एमालेका उम्मेदवार देवी ज्ञवाली प्रतिस्प्रर्धामा छन । रेणु दाहाल लाई मेयरमा कांग्रेसको समर्थन रहेको छ ।
भरतपुरको कर्भड हलमा महानगरपालिकाको वडा नम्बर १ रामनगर क्षेत्रबाट मतगणना सुरु गरिएको हो ।
मुचुल्का क्रममा रुजु गरिएका टिपोटलाई मतलब नगरी खसेका मत जतिलाई निर्विवाद ढंगले गणना गर्न प्रमुख निर्वाचन अधिकृत कविप्रसाद न्यौपानले दलहरुलाई दबाव दिएपछि मतगणना सुरु गर्न ढिलाइ भएको थियो ।
दलहरुले मतदाताभन्दा बढी मत कुनै मतपेटिकामा भेटिए मान्य नहुने अडान लिएका थिए । दिउँसो २ बजेपछि बसेको बैठकमा प्रमुख निर्वाचन अधिकृत प्रचलित कानुन बमोजिम मत गणना गर्न तयार भएपछि बल्ल मतगणना सुरु गरिएको हो ।
यसअघि सर्वदलीय बैठकमा माओवादी केन्द्रका प्रतिनिधिले हँसिया हथौडा चिह्नका साथै रुख चिह्नमा आएको मत पनि आफ्नो पक्षमा गणना हुनुपर्ने माग राखेका थिए ।