महेन्द्रनगरमा आयुर्वेद कलेज स्थापनाको माग

वैशाख २०, काठमाडौँ । कञ्चनपुरको महेन्द्रनगरमा आयुर्वेद कलेज स्थापनाको माग गर्दे भौतिक पूर्वाधारमन्त्री रमेश लेखकसहितको टोलीले आज प्रधानमन्त्री पुष्ककमल दहाल प्रचण्डलाई ज्ञापन पत्र बुझाएको छ । महेन्द्रनगरको सर्वदलीय टोलीले संस्कृत विश्वविद्यालयको नाममा रहेको जमिनमा आयुर्वेद कले स्थापनाको माग गरेको हो ।
जिल्लाका सबै राजनीतिक दल, सामाजिक संघसंस्था र विश्वविद्यालयले समेत आफ्नो आङ्गिक कलेजका रुपमा आयुर्वेद कलेज सञ्चालन गर्न तयार भएकाले आगामी बजेटमा कलेज सञ्चालनको प्रबन्ध गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गरिएको छ ।
ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्रीले बजेटमा कलेज स्थापनाको बजेट व्यवस्थापनाका लागि पहल गर्ने आश्वासन दिनुभयो । प्राविधिक शिक्षा विकासको महत्वपूर्ण आधार भएको भन्दै उहाले बहुमूल्य जडीबुटीहरु सस्तो मूल्यमा विदेशी बजारमा गइरहेका बेला स्वदेशमै तिनको सदुपयोगका लागि देशैभरी आयुर्वेद कलेजहरु स्थापना गर्न जरुरी रहेकोमा जोड दिनुभयो ।