काठमाडौं र ललितपुरमा एमाले-राप्रपा गठबन्धन टुंगो

 

वैशाख २०,काठमाडौं – आगामी वैशाख ३१ गते हुने स्थानीय निकायको निर्वाचनका लागि काठमाडौं र ललितपुरमा एमाले र राप्रपाले गठबन्धन गर्ने टुंगो लागेको छ। काठमाडौं महानगरपालिकाको मेयरमा नेकपा एमालेका विद्यासुन्दर शाक्य र उपमेयरमा राप्रपाका राजाराम श्रेष्ठ उठ्ने भएका छन्।
त्यस्तै ललितपुर एमालेका हरिकृष्ण ब्यन्जनकार र उपमेयरमा राप्रपाका उम्मेद्वार उठ्नेछन्। राप्रपाले नाम टुंग्याएको छैन।
‘हामी सरकारमा पनि बिगतमा सँगै बसेका थियौ। एमालेमाथि सबैको प्रहार भएको छ। त्यसैले हामी मिलेका हौ,’ एमाले प्रदेश नम्बर तीनकी इन्चार्ज अष्टलक्ष्मी शाक्यले भनिन्। उनले अन्य महानगर र नगरमा पनि राप्रपासँग सहकार्यको प्रयास भइरहेको जानकारी दिइन्।