संबैधानिक निकायमा नियुक्तीका बिषयमा छलफल हुदै

वैशाख २०, काठमाडौँ । संबैधानिक निकायमा नियुक्तिबारे छलफल गर्न संवैधानिक परिषद्को बैठक आज पनि बस्दैछ । सिंहदरवारमा अपरान्ह ४ बजे बस्ने बैठकमा महालेखापरीक्षक लगायतका संबैधानिक निकायमा नियुक्तिबारे छलफल हुने छ । यसअघि हिजो बसेको परिषद्को बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा दीप बस्न्यातको नाम सिफारिस गरेको थियो । परिषद्ले अख्तियारमा कार्यवाहक प्रमुख आयुक्त रहेका बस्न्यातको नाम संसदीय सुनुवाईका लागि पठाउने निर्णय गरेको हो ।