संबिधान संशोधन प्रस्ताव असफल बनाउने प्रतिपक्षी गठबन्धनको रणनीति

वैशाख १४, काठमाडौँ । सरकारले ल्याएको संबिधान संशोधन विधेयकलाई असफल पार्न प्रमुख प्रतिपक्षी नेकपा एमालेसहित विपक्षी दलहरु एक भएका छन् । एमाले नेतृत्वको प्रतिपक्षी गठबन्धनले संविधान संशोधन विधेयक असफल बनाउने रणनीति लिएको हो । एमाले संसदीय दलको कार्यलय सिंहदरबारमा आज बसेको बैठकले संशोधन विधेयकमाथि संशोधन प्रस्ताव पेश गर्ने पनि निर्णय गरेका छन् ।
संशोधनमाथि संयुक्त र छुट्टाछट्टै संशोधन प्रस्ताव पेश गर्ने र आफुले राखेको प्रस्ताव पारित गराउने प्रयास हुने बैठकपछि एमाले संसदीय दलका नेता सुवास नेम्वाङले जानकारी दिनुभयो ।
नेम्वाङले त्यसपछि सरकारले राखेको संशोधन असफल बनाउन अगाडि बढ्नेसमेत बताउनुभयो । नेकपा मालेका महासचिव सीपी मैनालीले सरकारले ल्याएको संविधान संशोधन पारित गर्न दुई तिहाइ र्पुयाउन नदिने बताउनुभयो ।