चुनावमा बालबालिकाको प्रयोगलाई पूर्णरुपमा रोक

वैशाख १४ भक्तपुर । भक्तपुरमा स्थानीय तहको निर्वाचनका गतिविधिमा बालबालिकाको प्रयोगमा पूर्ण रोक लगाइने भएको छ ।
जिल्ला बाल कल्याण समितिले आज आयोजना गरेको निर्वाचन बालअधिकार अनुगमन तथा विद्यालय शान्ति क्षेत्र सम्बन्धमा राजनीतिक दल तथा अन्य सरोकारवालासँग भएको अन्तक्र्रियामा यस्तो निर्णय भएको हो ।
कार्यक्रममा समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले निर्वाचन सुरु हुनु अघि र निर्वाचन सम्पन्न भएपछि समेत बालबालिकाको प्रयोग गर्न नपाइने गरी रोक लगाइने बताउनुभयो ।
निर्वाचन अघि, निर्वाचनका दिन र निर्वाचनपछि विजय ¥यालीमा समेत कुनै पनि दल वा उम्मेदवारले बालबालिकालाई चुनावको प्रचारप्रसार, ¥याली, पोस्टर टाँस्न, पर्चा बाँड्न वा निर्वाचनका दिन लाइनमा राख्नसमेत नपाइने गरी रोक लगाइने उहाँले जानकारी दिनुभयो ।