म्यादी प्रहरीमा विप्लव र मोर्चाले कार्यकर्ता घुसपैठ गराएको आशंका!

वैशाख १५,काठमाडौं – गृह मन्त्रालयले म्यादी प्रहरीमा विप्लव नेतृत्वको नेकपा र मधेसी मोर्चाका कार्यकर्ताको घुसपैठ भएको भन्दै त्यसमाथि कडा निगरानी गर्न थालेको छ । यो खबर हामीले आजको अन्नपूर्ण पोष्टबाट लिएका हौ।

स्थानीय तहको निर्वाचन सुरक्षाका लागि भर्ना गरिएका म्यादी प्रहरीमा निर्वाचनविरोधी घुसपैठ भएको हुन सक्ने भन्दै म्यादी प्रहरीमाथि कडा निगरानी गर्न थालिएको हो ।
म्यादी प्रहरीमा चुनावविरोधी राजनीतिक दलका कार्यकर्ताको घुसपैठ भएको सूचना पाएपछि उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले म्यादी प्रहरीका गतिविधि नजिकबाट निगरानी गर्न सुरक्षा निकायलाई निर्देशन दिएको स्रोतले बताएको छ ।
सरकारले पहाडी जिल्लामा म्यादी प्रहरी परिचालन गर्दा गाउँपालिका फरक पारी जिल्लाभित्रै परिचालन गर्ने तयारी गरेको छ ।
तराईका जिल्लामा भने महिला म्यादी प्रहरीबाहेकलाई अन्तरजिल्लामा खटाउने तयारी गरिएको छ ।