सरकारले कीर्ते गरेको ओलीको आरोप

वैशाख १४, काठमाडौँ । प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले डीआइजीहरुको कार्यसम्पादन मुल्यांकन रिपोर्टमा नवराज सिलवालले नभई सरकारले कीर्ते गरेको आरोप लगाउनुभएको छ । पार्टीको  राष्ट्रिय प्रचार भेलालाई सम्बोधन गर्ने क्रममा अध्यक्ष ओलीले कीर्ते गरेको आरोप लागेका नेपाल प्रहरीका डी आइ जी नवराज सिलवालको बचाउ गर्दै सिलवालले अदालतमा पेश गरेको कागजात सही भएको दाबी गर्नुभयो । उहाले यस बिषयमा छानबिन गर्न सरकारसँग माग गर्नुभयो । सिलवालले अदालतमा पेश गरेको कार्यसम्पादन मुल्यांकन र सरकारले पेश गरेको उस्तै उहाको दाबी छ ।
बहालवाला डीआईजीलाई विना पक्राउ पुर्जी गैरकानुनी रुपमा पक्राउ गरिएको भन्दै ओलीले सरकारमाथि प्रहरीमार्फत आतंक सिजना गरेको आरोप लगाउनभयो ।