सरकारद्धारा सविचहरु हेरफेर, स्थानीय विकासमा दिनेश थपलिया

वैशाख १४, काठमाडौँ । स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा सरकारले सचिवहरुको सरुवा गरेको छ । मन्त्रीपरिषदको आज बसेको बैठकले सचिवहरु दिनेश थपलिया, केदारबहादुर अधिकारी, सर्वजित महतो र सञ्जय शर्मालाई सरुवा गरेको हो । सरकारले थपलिया स्थानीय तहका अनुभवी प्रशासक थपलियालाई स्थानीय विकास मन्त्रालयमा ल्याएको छ । उहा प्रधानमन्त्री कार्यलयमा हुनुहुन्थ्यो । स्थानीय तहको व्यवस्थापनको कामलाई सहज र व्यवस्थित बनाउन थपलियालाई स्थानीय विकास पठाएको मन्त्रिपरिषद कार्यालयले जनाएको छ ।

यस्तै स्थानीय विकासका सचिव केदारबहादुर अधिकारीलाई प्रधानमन्त्री कार्यालयमा लगिएको छ । उहा पहिले पनि प्रधानमन्त्री कार्यालयमा हुनुहुन्थ्यो । सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव सञ्जय शर्मालाई विज्ञान तथा प्रविधि मन्त्रालयमा सरुवा गरेको छ भने प्राधिकरणमा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सर्वजीतप्रसाद महतोलाई लगिएको छ ।