एयरलाइन्सका वरिष्ठ पाइलट पक्राउ

 

चैत २८, काठमाडौँ । नेपाल एयरलाइन्सका वरिष्ठ पाइलट सुवर्ण अवाले ९३ हजार अमेरिकी डलरसहित पक्राउ परेका छन् । आइतबार राति नेपाल एयरलाइन्सको आरए– टु ट्वेन्ट नाइन जहाजको काठमाडौं–दुबई उडानका लागि विमानस्थलबाट प्रवेश गर्नै लाग्दा प्रहरीले पाइलट अवालेलाई पक्राउ गरेको हो ।
क्याप्टेन अवाले अवैध डलरसहित पक्राउ परेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी छविलाल जोशीले बताउनु भयो ।
यस्तै, अवालेलाई राति साढे २ बजेतिर गौशाला प्रहरीमा ल्याइएको र बिहान पुनः थप अनुसन्धानका लागि एयरपोर्ट लगिएको महानगरीय प्रहरी वृत्त गौशालाका डीएसपी नवराज कार्कीले जानकारी दिनु भएको छ । अवालेको ठाउँमा नेपाल एयरलाइन्सले महेशमान डंगोललाई क्याप्टेन बनाएर उडान भरेको छ ।