टोखा–थानसिंह सुरुङमार्ग निर्माणको योजना

 

चैत २८, काठमाडौँ । सरकारले काठमाडौँको टोखादेखि नुवाकोटको थानसिंह फाँटसम्म सुरुङमार्ग निर्माण गर्ने भएको छ । छोटो समयमा काठमाडौँ उपत्यकादेखि चीनसँगको सिमाना केरुङ जोड्ने उद्धेश्यले यो सुरुङ मार्ग बनाउन लागिएको हो । टोखादेखि थानसिंह सम्मको करिब ३४ किलोमिटरको बाटोमा करिब ४ किलोमिटर बाटो भने सुरुङमार्फत हुने सडक विभागले जनाएका छ । प्रारम्भिक अनुमान अनुसार सुरुङमार्गसहित ३४ किलोमिटर लामो सडक खन्न २६ अर्ब ५० करोड लागत लाग्ने विभागका उपमहानिर्देशक एंव वैदेशिक महाशाखा प्रमुख सञ्जय कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
सुरुङमार्ग निर्माणका लागि प्रारम्भिक अध्ययन पुरा भइसकेको छ । अध्ययन अनुसार शिवपुरी डाँडा छेडेर टोखाबाट नुवाकोटको थानसिंह फाँटसम्म पु¥याइने छ । यो सुरुङमार्ग निर्माण भएपछि काठमाडौँबाट चीनसँगको नाका केरुङ पुग्न साढे दुइघन्टा मात्र लाग्ने र काठमाडौँ तराई जोड्ने फास्टट्रयाक बनीसकेपछि चीन – भारत व्यपारका लागि पुलको काम गर्ने उपमहानिर्देशक श्रेष्ठले जानकारी दिनुभयो।